बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी
भर्खरै

काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।

त्यसको आधारमा डीसीसीएमसीले

विद्यालय खुलाउने अनमुति दिने उनले जानकारी दिइन् ।

सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए ।

‘सम्बन्धित स्थानीय तहबाट कोभिड(१९ संक्रमणको अवस्था र विद्यालय सञ्चालनको ढाँचा आएपछि सोही आधारमा विद्यालय खुला गर्ने अनुमति पाउनेछन् । सबैले खोल्नैपर्छ भन्ने अनिवार्यता छैन’ सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् ।

सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय