आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ६ जिल्लाका सिडिओलाई फोन गरी गृहमन्त्री खाँणले लिए बाढिपहिरोले पुराएको क्षतिको जानकारी
भर्खरै

६ जिल्लाका सिडिओलाई फोन गरी गृहमन्त्री खाँणले लिए बाढिपहिरोले पुराएको क्षतिको जानकारी

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । उनले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरी रातभर लगातार भएको वर्षाका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिए ।प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका–१०

बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रजिअ सापकोटाले जानकारी दिए । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भीमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पुर्‍याएको उनले बताए ।

यस्तै रोल्पाकै सुनिलस्मृति गाउँपालिका–४ मा फगाम खोला स्थानीय वीरबहादुर घर्तीको ग्यारेजमा पसेर रा १ ख २०६८ नम्बरको बस बगाएको छ ।

मन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरी रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिएका छन् । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुंगे पुलमा असर पुर्‍याएको जानकारी मन्त्रीलाई गराएको बताए । विशेषगरी काठमाडौंका १० स्थान डुबानमा परेको उनले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर गृहमन्त्री खाँणले नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपरान्ह चौकीदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि उनले त्यसबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकीदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाँणलाई गराएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय