सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगान क्रिकेटर ओमार्जाइले ईपीएल खेल्ने पक्का
भर्खरै

अफगान क्रिकेटर ओमार्जाइले ईपीएल खेल्ने पक्का

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमार्जाइले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

सोमबार ललितपुर प्याट्रीओटसले अल अलराउण्डर ओमार्जाइ क्लबमा अनुबन्ध भएको जनाएको छ ।

९ असोजमा सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगिता नजिकिँदै गर्दा सहभागी क्लबले खेलाडी अनुबन्धको क्रम बढाएका छन् ।ईपीएल ९२३ असोजमा काठमाडौंस्थित कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय