बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कारागारमा भएको कुटाकुटको विषयमा अनुसन्धान गर्न समिति गठन
भर्खरै

कारागारमा भएको कुटाकुटको विषयमा अनुसन्धान गर्न समिति गठन

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । ललितपुरको नख्खु कारागारमा आइतबार भएको कुटाकुटको विषयमा अनुसन्धान गर्न छानविन समिति गठन भएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको अध्यक्षतामा छानविन समिति बनेको हो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँबाट सुरु भएको विवाद उग्र बन्दा कुटाकुट भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय