संखुवासभ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।
सोमबार बिहान प्रहरीमा घटनाबारे जानकारी आएको डीएसपी सुबेदीले बताए । उनले जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको उनले जानकारी दिए ।प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना
कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको छ ।