सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकाका ४ सय घर डुबानमा,३ सय जनाको उद्धार
भर्खरै

उपत्यकाका ४ सय घर डुबानमा,३ सय जनाको उद्धार

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौँ । हिजो रातिदेखि निरन्तर परेको पानीका कारण काठमाडौँ उपत्यकामा चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । काठमाडौँमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाडौँबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको हो ।

काठमाडौँ मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट, रामकोट, बाफल, सीतापाइला लगायतका बस्ती डुबानमा परेका छन् ।

यस्तै भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।

वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय