सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहिरोले पुरिएर रोल्पामा ५ वर्षका बालकसहित २ जनाको मृत्यु
भर्खरै

पहिरोले पुरिएर रोल्पामा ५ वर्षका बालकसहित २ जनाको मृत्यु

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021
file photo

रोल्पा । रोल्पामा पहिरोले पुरिएर ५ वर्षका बालकसहित २ जनाको मृत्यु भएको छ ।

निरन्तर वर्षाका कारण पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूर्णबहादुर थापाको घर पुरेको थियो ।

पहिरोमा परी थापाका श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षका एक बालकको मृत्यु भएको अनि अरु २ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लािग खटिएका छन् । रोल्पाकै सुनिल स्मृति गाउँपालिका ४ को फगाम

खोलामा आएको बाढीले एउटा बस बगाएको छ ।

बिहान करिव साढे ६ बजे खोला छेउमा रहेको वर्कसपमा बाढी पस्दा मर्मतका लागि राखिएको एउटा बस बगाएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय