बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन सुझाव
भर्खरै

मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन सुझाव

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

काठमाडौं । मनसुनी वायुको सक्रियताका कारण गएरातिदेखि देशका अधिकांश स्थानमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखाको सक्रियताका कारण काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा भारी वर्षा भइरहेको छ । आज बिहानैदेखि सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित भारी

वर्षा भइरहेको छ । आज दिउँसो र साँझ गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि पनि देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबीच रातभर परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबान भएको छ। कालिमाटीमा घर भित्र पानी पसेको छ भने बागमती किनारका सुकुम्बासी बस्तीमा पनि पानी छिरेको छ ।

तारकेश्वर नगरपालिका ५ बोहोराटार फाँटमा खोलामा लगाइएको वाल फुटेर पानी बस्तीमा पसेको छ ।

ठुला नदी तथा जोखिमयुक्त क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय