सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेयर बजारमा आइतवार उच्च अकंको गिरावट
भर्खरै

शेयर बजारमा आइतवार उच्च अकंको गिरावट

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार मापक परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ को बिन्दुमा पुगेको छ । लामो समयपछि शेयर बजार यसरी ओरालो लागेको हो ।

आइतबार नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेट सर्किट ब्रेकसमेत लागेको थियो । १ बजे सर्किट लागेको कारोबार दुई बजेपछि पुनः खुलेपछि सामान्य सुधार भएको थियो । तर, समग्रमा बजारमा तीन अंकको गिरावट आएको हो ।

आइतबार

सेन्सेटिभ सूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ को बिन्दुमा पुगेको छ । आइतबार १३ वटै उप समूहले गुमाएका छन् । सबैभन्दा धेरै बैंकिंग क्षेत्रले गुमाएको छ । आइतबार २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर खरिदविक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार २२३ कम्पनीका शेयर किनबेच भएका थिए ।शेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिन नपाइने नीति राष्ट्र बैंकले बनाएपछि शेयर बजार लागतार ओरालो लागेको छ । शेयर लगानी कर्ताहरुले राष्ट्र बैंकले सो नीति परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय