शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे
भर्खरै

एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

जनकपुरधाम । एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । त मध्ये एकजनाले भारतको दिल्लस्थित नेपाली राजदूतावासबाट सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद

थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय