मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • झापा जिल्लाका ५५ वडामा नेपाली कांग्रेसको सर्वसम्वत नेतृत्व चयन
भर्खरै

झापा जिल्लाका ५५ वडामा नेपाली कांग्रेसको सर्वसम्वत नेतृत्व चयन

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021
file phot

झापा । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं.१० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र

वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।मेचीनगरका ८ , बुद्धशान्तिका४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४ , झापा गाउँपालिकाका ७ , शिवसतासीको ३ , कमलको १, गौरादहको २ , गौरीगञ्जका २ , भद्रपुरका ३ , बाह्रदशीका ४ वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय