आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्सेमा सर्किट ब्रेक , ६० कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्यो
भर्खरै

नेप्सेमा सर्किट ब्रेक , ६० कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्यो

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौं । कारोबार शुरू भएको २ घण्टाको अवधिमा ५ प्रतिशत बढीले शेयर बजार परिसूचक (नेप्से) घटेपछि सर्किट ब्रेक लागेको छ।
सर्किट ब्रेकसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ।

२९२८.८ बिन्दुबाट शुरू भएको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेर परिसूचक २७८२.५२ बिन्दुमा पुगेको छ।

यो अवधिमा २१५ कम्पनीको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर ७ अर्ब १९ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ।

६० कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले घटेको छ।

शेयर बजार तीव्र ओरालो लागे

पनि सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय