बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गुल्मीमा भासिएकै सडकमा कालोपत्रे गरियो
भर्खरै

गुल्मीमा भासिएकै सडकमा कालोपत्रे गरियो

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् ।

सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् ।

स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उनले बताए ।गत वर्ष सोही

स्थानमा थोरै मात्रामा सडक भासिएको थियो । यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो । अहिले उक्त ठाउँमा पहिरो गएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन् । उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय