शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्याधीश राणाको इजलासमा
भर्खरै

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्याधीश राणाको इजलासमा

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइ हुँदैछ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो ।

घिसिङ अघिका कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । ओली सरकारका पालामा घिसिङको पहिलो कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब परे पनि ओली सरकारले शाक्यलाई कार्यकारी अधिकृत नियुक्त गरेन ।

ओली सरकारको बहिर्गमनपछि बनेको देउवा सरकारले शाक्यलाई

ऊर्जा आयोगको सदस्यमा र घिसिङलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । सरकारको सो निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय