काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा असामान्य गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दुई घण्टामा करिब करिब पाँच प्रतिशत घट्यो ।
कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि नपुगे पनि ४ प्रतिशत भने पुगेन ।
कारोबार खुलेको २ घण्टा अर्थात १ बजे सम्म नेप्से परिसूचक १४४ अंकले घटेको छ ।