सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी
भर्खरै

श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ ।

कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो ।

श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे ।

दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए ।

कागिसो राबडाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो ।दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले । रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २र२ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले १–१ को बराबरीमा ल्याएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय