बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश
भर्खरै

नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

शीर्ष वरियताका नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

जापानका केई निसिखोरीलाई ६–७, ६–३, ६–३ र ६–२ को सेटमा हराउँदै जोकोभिचले अन्तिम १६ मा स्थान सुरक्षित पारेका हुन् ।

पहिलो सेट गुमाएका ३४ वर्षीय सर्बियन खेलाडी जोकोभिचले त्यसपछि लगातार तीन सेट जितेका थिए । १७औं वरियताका निसिखोरीलाई हराउन उनले ३ घण्टा ३२ मिनेट लगाए ।

अब क्वार्टरफाइनल प्रवेशका लागि उनले अमेरिकी खेलाडी जेन्सन ब्रुक्सवेसँग प्रतिस्पर्धा गर्नेछन् । ब्रुक्सवेले रुसका अस्लन कारात्सेभमाथि ६–२, ३–६, २–६, ६–३ र

६–३ को संघर्षपूर्ण सेटमा जित निकालेका थिए । यी दुईबीचको खेलमा ३ घण्टा ५० मिनेटसम्म चलेको थियो ।

उता महिला एकलतर्फ बेलायती किशोरी एमा रादुकानुले अन्तिम १६ मा स्थान पक्का पारिन् । १८ वर्षीय रादुकानुले स्पेनकी सारा सोरिबेस तोर्मोलाई ६–० र ६१ को सेटमा हराउन सफल भइन् ।

रादुकानुले अब विश्व नम्बर एक अष्ट्रेलियाकी एश्ली बार्टी र अमेरिकी खेलाडी शेल्बी रोजर्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय