आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काबुलमा भएको महिलाको प्रदर्शनमा तालिबानको हस्तक्षेप
भर्खरै

काबुलमा भएको महिलाको प्रदर्शनमा तालिबानको हस्तक्षेप

  • सिधा दृष्टी आइतवार, भदौ २०, २०७८ | September 5, 2021

काबुल । अफगानिस्तानको राजधानी काबुलमा तालिबानविरुद्ध महिलाको प्रदर्शनमा हस्तक्षेप भएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि अधिकारको माग गर्दै काबुलमा महिलाले गरिरहेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका हुन् ।

राष्ट्रपति भवनतर्फ बढिरहेका आफूहरुमाथि अश्रु ग्याँस र मरिचको धूलोको स्प्रे हानिएको प्रदर्शनकारीले बताए । तालिबानले विरोध प्रदर्शन नियन्त्रण बाहिर गइरहेको बताउँदै आएको छ ।

तालिबानविरुद्ध काबुल र हेरातमा महिलाले लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले महिलाको काम गर्ने अधिकार र सरकारमा सहभागी हुने कुरामा जोड दिंदै आएका छन् ।

तालिबानले पनि अबको

केही दिनमा महिला सहभागितमा आफ्नो प्रशासनको घोषणा गर्ने बताएको छ ।

तालिबानले महिलालाई सरकारमा सहभागी गराउने बताएपनि उनीहरुलाई कुनै मन्त्री पद भने नदिने स्पष्ट पारिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय