काठमाडौं । नायिकाबाट गायिका बनेकी परमिता आर एल रानाको स्वरमा रहेको गीत ‘मायाको भूल’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको छ ।
भिडियोमा परमितासँगै करुणा श्रेष्ठ र आशिष केसी फिचर्ड छन् । भिडियोमा जेम्स लामाको सम्पादन, भीएफएक्स तथा निर्देशन छ ।
https://www.youtube.com/watch?v=WNXfZCxlNPY&feature=emb_logo