शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • खाद्य समस्या समाधानका लागि उत्तरकोरियाली नेता किम जोङ उनको निर्देशन्
अन्तराष्ट्रिय

खाद्य समस्या समाधानका लागि उत्तरकोरियाली नेता किम जोङ उनको निर्देशन्

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।

गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइएको छ ।

खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित

हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए ।

पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेकोभन्दै उनले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय