सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रिपरिषद् विस्तारका बिषयमा तीन नेता बीच छलफल
भर्खरै

मन्त्रिपरिषद् विस्तारका बिषयमा तीन नेता बीच छलफल

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा आजको छलफल केन्द्रीत रहेको थियो ।

गत असार २८ गतेको सर्वोच्चको फैसलाअनुसार गठन

भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन । सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुईमन्त्री छन् ।

छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रीत हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय