मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कैलालीमा नदीमा डुबेर २ जना बालकको मृत्यु
भर्खरै

कैलालीमा नदीमा डुबेर २ जना बालकको मृत्यु

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

काठमाडौं । कैलालीमा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका – १ मा रहेको मनहरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिकाका पुस्कर थापाका १० वर्षीय छोरा योगेन्द्र र सोही ठाउँका हेम थापाका छोरा १४ वर्षीय अयुग रहेका छन् ।

शुक्रबार दिउँसो मनहरा नदीमा नुहाउन गएको बेला उनीहरूको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दिउँसो नदीमा नुहाउन गएका दुवै जना घरमा नफर्किएपछि स्थानीयले खोजी गर्दा नदी

किनारामा कपडा भेटिएको थियो । खोजी गर्दा कपडा भेटिएको ठाउँभन्दा करिब ३० फुट पर नदी किनारामा राति ११ बजेतिर शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय