सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तालिवान र बिपक्षी फौजबीच पानशिर उपत्यकामा भिडन्त
भर्खरै

तालिवान र बिपक्षी फौजबीच पानशिर उपत्यकामा भिडन्त

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

एजेन्सी । अमेरिकी सेना फिर्ता भएपनि अफगानिस्तानमा भीडन्त जारी छ । अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त भएको छ ।

पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबीच केही दिनदेखि भीषण युद्ध भइरहेको बीबीसीले जनाएको छ ।

तालिबान नेताहरुले त्यहाँ पनि आफ्नो फौज विजयउन्मुख रहेको जनाएका छन् । तर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकुहरुले तालिबान विजयउन्मुख भएको भन्ने सूचना झुटा भएको बताएका छन् ।

एनआरएफका नेता अमरुल्लाह सालेहले आफू भागेको भनेर गरिएको दाबी झुट रहेको उल्लेख

गरेका छन् । जारी भिडन्तमा पानशिरमा सयौँ मानिस मारिएको आशंका गरिएको छ । यद्यपि यसबारे आधिकारिक विवरणहरु सार्वजनिक भएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय