मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानी महिलाद्वारा काबुलस्थित राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन
भर्खरै

अफगानी महिलाद्वारा काबुलस्थित राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

काबुल । आफगान महिलाले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन गरेका छन् ।

नयाँ सरकारमा आफुहरुलाई पनि समावेश गर्नु पर्ने भन्दै केही महिला प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा उत्रिएका महिलाले महिलासमेत रहेको एक बलियो मन्त्रिपरिषद् बनोस्, महिलालाई अधिकार, पुरुषसंग बराबरी लेखिएको प्ले कार्ड समेत बोकेका थिए ।

अफगानिस्तानमा तालिवानको कब्जा पछि महिलाको स्थितिलाई लिएर व्यापक चिन्ता व्यक्त हुँदै आएको छ । तालिबानले सुरक्षाका लागि भन्दै महिलालाई घरमै बस्न भनिसकेको छ ।

सरकारी सञ्चार माध्यम, बैंकलगायतमा काम गर्ने

महिलालाई पनि काम गर्न दिइएको छैन । गत अगष्ट १५ मा अफगानिस्तान कब्जा गरेको तालिबानले आफ्नो शासन शरिया कानून अन्तर्गत रहने जनाइसकेको छ ।

यसैबीच दोहामा तालिबानका प्रतिनिधि शेर मोहमद अब्बास स्टानिक्जाईले पाकिस्तानी राजदूत सैयद ऐसान राजा शाहसंग भेटवार्ता गरेका छन् ।

अफगानिस्तानको पछिल्लो अवस्था, मानवीय सहायता, द्विपक्षीय सम्बन्ध, पुनर्निर्माणलगायतका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि स्टानिक्जाईले कतारस्थित भारतीय राजदूतसँग पनि भेटवार्ता गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय