बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मुगुरुजा र हलेप यूएस ओपन टेनिसको चौथो चरण प्रवेश
भर्खरै

मुगुरुजा र हलेप यूएस ओपन टेनिसको चौथो चरण प्रवेश

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

पूर्व विश्न नम्बर एक गार्बिन मुगुरुजा र सिमोना हलेप युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

नवौं वरियताकी मुगुरुजाले बेलारुसकी भिक्टोरिया अजरेन्कामाथि ६–४, ३–६ र ६–२ को सेटमा जित निकालेकी हुन् । अजरेन्कामाथि २–१ को जित निकाल्न उनले दुई घण्टा १५ मिनेट लगाइन् ।

स्पेनिस खेलाडी मुगुरुजाले अर्को चरणमा नवौं वरियताकी चेक रिपब्लिककी बारबरा क्रिजसीकोभाको सामना गर्नेछिन् ।

यस्तै अर्को खेलमा पूर्व विश्व नम्बर एक हलेपले कजाकिस्तानकी एलिना रेबाकिनालाई हराइन् । रोमानियाकी हलेपले रेबाकिनालाई ७–६,४–६ र ६–३ को

सेटमा हराइन् ।

१२औं वरियताकी हलेपले चौथो चरणमा अब पाँचौ वरियताकी युक्रेनी खेलाडी इलिन स्विटोलिनाको सामना गर्नेछिन् ।

यस्तै जर्मनीकी एञ्जेलिक केरबर पनि चौथो चरणमा प्रवेश गरिन् । केरबरले अमेरिकी खेलाडी सलोनी स्टेफेन्सलाई ५–७,६–२ र ६३ को सेटमा हराइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय