बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कैलाली र अर्घाखाँचीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते
भर्खरै

कैलाली र अर्घाखाँचीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, ११ जना घाइते

  • सिधा दृष्टी शनिबार, भदौ १९, २०७८ | September 4, 2021

काठमाडौं । कैलाली र अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

गएराति ११ बजेतिर कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किँदा घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी अटोमा सवार कैलाली घोडाघोडी नगरपालिका ९ का२४ वर्षका युवराज चौधरी, २६ वर्षका भिगम चौधरी र १९ वर्षका जितेन चौधरीको

मृत्यु भएको हो ।

यस्तै अटो चालक घोडाघोडी नगरपालिका ९ का २२ वर्षका सुरेश चौधरी, २४ वर्षका दिपेन्द्र चौधरी, २० वर्षका असान्त चौधरी र ३० वर्षका हरी चौधरी घाइते हुनुभएको छ ।

उहाँहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो । विङ्गर सहचालक कन्चनपुर बेदकोटका २५ वर्षका धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहचालकले विईङगर चलाएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै अर्घाखाँचीमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ७जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको बा३ख८६३९ नम्बरको माइक्रो आज बिहान शितगंगा–३ मा बाटोबाट झण्डै ४ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका पुरुषको परिचय खुलेको छैन । घाइते सात जनालाई उपचारका लागि भैरहवा पठाइएको छ । माइक्रोमा चालकसहित ११ जना थिए । जसमध्ये ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय