सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा
भर्खरै

अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

चितवन । हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्।

सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन्।

जेलमुक्त भएपछि सैनिकद्वयलाई उनीहरुलाई सेनाको गाडीमा राखेर कारागारबाट गण लगिएको छ।

रिहा भएर गणतर्फ लैजाँदै गर्दा उनीहरुले आफूहरु अझै असुरक्षित महसुस गरिरहेको बताएका छन्। ‘मलाई फैसला चित्त बुझेको छैन, जागिर खाने मुडमा

छैन। चार महिना यातना दिएको ठाउँमा फेरि कसरी जागिर खाने?’ रिहा भएपछि लवकुमारको भनाइ उद्धृत गर्दै अदालत स्रोतले भन्यो।

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो।

सैनिक विशेष अदालतको आदेशअनुसार पत्र चितवन जिल्ला कारागारमा पठाएपछि उनीहरु रिहा भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय