आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित काठमाडौंबाट चार पक्राउ
भर्खरै

८० लाख मूल्य बराबरको यार्सागुम्बासहित काठमाडौंबाट चार पक्राउ

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

काठमाडौं । महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।

अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् ।

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ । उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय