सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • न्यूयोर्कमा आएको बाढीमा परी नेपाली मुलका तीन जनाको मृत्यु
भर्खरै

न्यूयोर्कमा आएको बाढीमा परी नेपाली मुलका तीन जनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

अमेरिकाको न्यूयोर्कमा आइडा नामक भीषण आँधी र वर्षाका कारण आएको बाढीमा परी नेपाली मुलका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्यूयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले सामाजिक सञ्जालमार्फत बाढीमा परी उनीहरुको मृत्यु भएको जानकारी दिएको छ ।

भीषण आँधी र वर्षाका कारण त्यहाँ अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति

जो बाइडेनले जलवायु परिवर्तन संकटको सामनाका लागि ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय