बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
Uncategorized

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

धादिङ । कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भएका प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविकको खरी गाविस वडा नं - ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन् ।

राना मगरले जिल्लाको साविकको खरी गाविस वडा नं - ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी २०६१ साल कात्तिक १२ गते मारेका थिए ।

उक्त घटनामा संलग्न यम बहादुर राना मगरलाई सम्मानित धादिङ जिल्ला अदालतबा २०७७ मंसिर १० मा जन्मकैद सजाय हुने फैसला भएको थियो

। निजले १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले प्रहरीले खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ मातहत प्रहरी चौकी साँधभन्ज्याङबाट खटिएको प्रहरी टोलीले विहिबार खरीबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएकोलाई फैसला कार्यान्वयनका लागि सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) जागेश्वर भण्डारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय