आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
भर्खरै

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभरको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, २, बाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा

हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका घटनाहरु भइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय