• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, अशोज २, २०७८ | Saturday 18th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
भर्खरै

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

  • सिधा दृष्टी शुक्रबार, भदौ १८, २०७८ | September 3, 2021

काठमाडौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना

Real Shoes 1

सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, “सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कल नहुने भए पनि कम्पनीका ग्राहक वर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।”

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
मुसिकोट नगरपालिकाका मेयर सापकोटाले भने – अब मेयरमा दोहोरिने इच्छा छैन् , पार्टीको जिम्मेवारी लिन्छु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आगामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका छन् । सिधादृष्टिसंगको क्षंक्षिप्त कुराकानीका क्रम्मा आगाामी कार्यकालका लागि नगरप्रमुखमा नदोहोरिने प्रष्ट पारेका हुन् । नगरप्रमुखको लागि निर्वाचित सापकोटाले अब नेकपा एमालेको जिल्ला अध्यक्ष भएर

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व पुर्नगठनको तयारी

काठमाडौँ । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व पुनर्गठन हुने भएको छ ।

ललितपुरस्थित च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बस्ने सचिवालय बैठकले नेतृत्व पुनर्गठन गर्न लागेको हो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने तय

  • ६ घन्टा अघि