काठमाडौं । काठमाडौं उपत्यकामा भदौ मसान्तसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार भदौ १७ गतेबाट भदौ मसान्तसम्म लागू हुनेगरि निषेधाज्ञा थप गरिएको हो ।
शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितीमा पठन पाठन गर्न गराउन नपाउने जनाएको छ । गर्नै पर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानिय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्ण गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
तर, काठमाडौं महानगरपालिका भने विद्यालय सञ्चालनबारे अन्यौलमै रहेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय सञ्चालनबारे छफलफल गरेर मात्र निर्णय गर्ने बताए । उनले आर्थिक न्युजसँग भने, ‘सिडियोको यस्तो आदेश पछि हामी छलफलको तयारी गर्छौ । सबैसँगको छलफल पछिको निश्कर्ष जे हुन्छ त्यहि अनुसार सर्कुलर जारी गर्छौँ ।’