मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेस्सीले लगाउने जर्सी नम्बर १० अन्सु फाटीलाई दिने बार्सिलोनाको निर्णय
भर्खरै

मेस्सीले लगाउने जर्सी नम्बर १० अन्सु फाटीलाई दिने बार्सिलोनाको निर्णय

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

स्पेनिस क्लब बार्सिलोनामा लियोनल मेस्सीले लगाउने 'आइकोनिक' जर्सी नम्बर १० युवा खेलाडी अन्सु फाटीले लगाउने भएका छन् । बिहीबार क्लबले सार्वजनिक गरेको टिमको सूचीमा अन्सुको जर्सी नम्बर १० रहेको छ ।

मेस्सी बार्सिलोनाबाट बिदा भएपछि उनले लगाउने जर्सी नम्बर १० कसले लगाउने हो भन्ने विषयमा धेरैको चासो थियो । फिलिप काउटिन्हो, पेड्री तथा अन्य केही खेलाडीले पनि उक्त जर्सी लगाउन सक्ने अनुमान गरिएको थियो । अन्तत: क्लबले फाटीले उक्त नम्बर दिएको हो ।

१८

वर्षीय फाटीले भने छोटो समयमा नै उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । १६ वर्षको उमेरमा नै बार्साको सिनियर टिममा प्रवेश पाएका फाटीले ३१ खेल खेलेका छन् । जसमा उनले ११ गोल गर्न सफल भएका छन् ।

फाटीलाई बार्साको उदाउँदो खेलाडीको रूपमा हेरिएको छ । उनले मेस्सी जस्तै सफलता पाउने धेरैको अनुमान छ ।

मेस्सीले बार्सिलोनामा १० नम्बरको जर्सी १३ वर्षसम्म लगाएका थिए । रोनाल्डिन्हो २००८ मा क्लबबाट बाहिरिएपछि मेस्सीले उक्त जर्सी नम्बर पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय