मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रचण्डले भेटेर खनालको स्वास्थ्य लाभको कामना गरे
भर्खरै

प्रचण्डले भेटेर खनालको स्वास्थ्य लाभको कामना गरे

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको खनालको सचिवालयले जनाएको छ ।

आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएपनि राजनीतिक विषयमा छलफल नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय