बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभामुख सापकोटाविरुद्धको रिट संवैधानिक इजलाशमा पेसी चढ्यो
भर्खरै

सभामुख सापकोटाविरुद्धको रिट संवैधानिक इजलाशमा पेसी चढ्यो

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा फेरि पेसी चढेको छ ।

पटकरपटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

नियमित पेसीमा चढे पनि यो मुद्दा आजै सुनुवाइ हुने नहुने निधो भने छैन । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन

लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय