शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले परित्याग गरेका बाग्मतीमा मन्त्री खनालले दिए राजीनामा
भर्खरै

एमाले परित्याग गरेका बाग्मतीमा मन्त्री खनालले दिए राजीनामा

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौं । नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।

चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए । आफूले एमाले त्यागेको र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई काम गर्न सहज होस भनेर राजीनामा दिएको उनले बताएका

छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय