मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार ७ सय बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
भर्खरै

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार ७ सय बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

  • सिधा दृष्टी बुधबार, भदौ १६, २०७८ | September 1, 2021

काठमाडौं । नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

नेपालमा गएको माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको हो । पछिल्लो पटक ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको डा गौतमले जानकारी दिनुभयो ।

अहिले प्रदेश १ र २ मा

कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेको र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा। गौतमले जानकारी दिनुभयो ।

पछिल्लो पटक गत शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको उहाँले बताउनुभयो ।

अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान पनि चलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय