बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन
भर्खरै

वाईसीएल नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन

  • सिधा दृष्टी मङ्लबार, भदौ १५, २०७८ | August 31, 2021

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । इन्चार्ज दीपशिखाका अनुसार वाईसीएलको

विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।

गत शनिबारबाट शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुवोध श्रीपाइली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका छन् । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय