बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंका सीडीओको अनुरोध, ‘जोखिम कायमै छ, विद्यालय तत्काल नखोल्नु’
भर्खरै

काठमाडौंका सीडीओको अनुरोध, ‘जोखिम कायमै छ, विद्यालय तत्काल नखोल्नु’

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

कोरोना महामारी जोखिम कायमै रहेकाले तत्काल विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिकरुपमा विद्यालय खोल्ने निर्णय गरेसँगै प्रशासनले यस्तो अनुरोध गरेको हो ।

'कोरोनाको जोखिम अझै छ, निषेधाज्ञा पनि कायमै छ ।  भौतिकरुपमा अहिले विद्यालय संचालन नगर्न अनुरोध गर्छु,'  प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, 'अहिले वैकल्पिक माध्यमबाटै पढाउनु उपयुक्त छ।'

गत १६ वैशाखदेखि लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ । निषेधाज्ञाकै समयमा गोकर्णेश्वर नगरपालिकाले विद्यालय भौतिकरुपमा संचालन गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय