मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • डिजेलसहितको ट्याङ्कर चोरी गरेको आरोपमा एक जना पक्राउ
भर्खरै

डिजेलसहितको ट्याङ्कर चोरी गरेको आरोपमा एक जना पक्राउ

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादव छन् । २० हजार लिटर डिजलसहितको ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट यादवलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

डिपोको पार्किङमा रहेको डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर गएराति चोरी भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार(पाँच जनाको संलग्नता देखिएको छ । अन्यको खोजी

जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय