काठमाडौं : १६ हजार २३३ नमूना परीक्षणमा २२ सय ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ८९२ नमूनाको पीसीआर र ४३ सय ४१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये १९ सय २ नमूनाको पीसीआर र ३९३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै सोमबार १८ सय ८ जनाले कोरोना जितेका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ। निको हुने
यो ९३.९ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ छ। ५६८ जनाको आइसीयू र १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो तीन दिनमा ( भदौ १२, १३ र १४ गते) ५ लाख ९७ हजार ५९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।