आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङ ट्रक दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार
भर्खरै

धादिङ ट्रक दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैंचामा आज ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेशीका लागि छुटेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरीका बलराम अधिकारी, संगीता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

४ जनालाई सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार

भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय