बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी – १२ को इकाइ सभापतिमा युवा नेता श्रेष्ठको दावेदारी प्रस्तुत
भर्खरै

चन्द्रागिरी – १२ को इकाइ सभापतिमा युवा नेता श्रेष्ठको दावेदारी प्रस्तुत

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दल बाग्मती प्रदेश सदस्य अभिषेक श्रेष्ठले आगामी महाधिवेशनमा उम्मेदावारी दिने बताउनु भएको छ । तरुण नेता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत पार्टीको १४ औं महाधिवेशनमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ को इकाइ सभापतिमा दावेदारी प्रस्तुत गर्नु भएको हो ।

समाजसेवी समेत रहेका श्रेष्ठ सद्भाव नेपालका अध्यक्ष समेत रहनु भएको छ भने विभिन्न सामाजिक संघसंस्थामा आवद्ध पनि हुनु हुन्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा युवाहरु आउनु पर्ने मान्यता राख्ने श्रेष्ठले आफ्नो वडामा पनि युवाहरुकै

प्रतिनिधित्व होस् भन्ने उदेश्यले आफूले सभापतिको दावेदारी प्रस्तुत गरेको बताउनु भयो । चन्द्रागिरी र काठमाडौंमा नेपाली कांग्रेसको संगठन विस्तारमा उहाँंले उल्लेखनीय योगदान पुराउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय