सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट
भर्खरै

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

  • सिधा दृष्टी सोमवार, भदौ १४, २०७८ | August 30, 2021

काठमाडौ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ ।

गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् ।

विसं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील

प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो ।

उहाँको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । भट्टका श्रीमती र दुई छोरा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय