त्रिभुवन राजपथको नागढुंगा–नौबीसे सडक खण्डमा पहिरो जाँदा फेरि अवरुद्ध भएको छ ।
पहिरो हटाएको ५ घण्टापछि सुचारु हुन नपाउँदै फेरि सोही स्थानमा पहिरो जाँदा नागढुङ्गा–नौबीसे राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
चार तीन दिनदेखि परेको अविरल वर्षाको कारण बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
नेपालको मुख्य राजमार्गमा आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुसमेत समस्यामा परेका छन् ।