आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्रिमण्डल बिस्तारबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल
भर्खरै

मन्त्रिमण्डल बिस्तारबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

  • सिधा दृष्टी आइतवार, भदौ १३, २०७८ | August 29, 2021

सरकार विस्तार एवम् पाँचदलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको छलफलमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

बताइएअनुसार उक्त छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । सो बैठकमा सरकार बिस्तार लगायतका विषयमा छलफल हुने

छ । आइतबार बिहान पनि उल्लिखित नेताहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)को आइतबार बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ । यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको बताइन्छ ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दैआएका छन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको सम्बद्ध पक्षले जनाएको छ । स्रोतका अनुसार सम्भवत सोमबार नै, नभए मंगलबारसम्ममा मन्त्रिमण्डल बिस्तार गर्ने तयारीमा गठबन्धन सरकार रहेको छ ।

file photo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय