सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सहमतिको साटो ओलीले इगो साँधेपछि नयां दल खोलेको नेपालको दाबी
भर्खरै

सहमतिको साटो ओलीले इगो साँधेपछि नयां दल खोलेको नेपालको दाबी

  • सिधा दृष्टी आइतवार, भदौ १३, २०७८ | August 29, 2021

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुधारका लागि सुझाव दिनेसँगै अध्यक्ष केपी शर्मा ओलीले इगो साँधेपछि आफूले नयाँ दल खोलेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चयन भएपछि आफ्नो धारणा राख्दै नेपालले ओली सुध्रने कुनै अवस्था नदेखिएपछि आफूले वैकल्पिक माध्यम अपनाएको बताएका छन् ।

उनले सबैसँग भएका सहमति तोड्नेकाम ओलीले गरेको भन्दै नेपालले आलोचना गरे ।

उनले आफ्नो पार्टीले कम्युनिस्ट दृष्टिकोणमा विचलन आउन नदिने बताए । लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरेर अघि बढ्ने बताउँदै

नेपालले रोजगारी सिर्जना र नयाँ पुस्तालाई जिम्मेवारी हस्तानान्तरण गर्नेगरी आफू अघि बढ्ने बताए ।

नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय