मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भर्खरै

पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • सिधा दृष्टी आइतवार, भदौ १३, २०७८ | August 29, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७१४

पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय