आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
भर्खरै

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

  • सिधा दृष्टी आइतवार, भदौ १३, २०७८ | August 29, 2021

सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ ।

केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ ।

नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो

। पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ ।

नदीमा आएको उतारचढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान शुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको जानकारी दिनुभयो ।
उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको बहाव बढेसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय